बुधबार, श्रावण ६,२०८३ 03:53:08
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:53:08
Bizshala
Global IME Bank Limited

सुन र चाँदीको मूल्यमा पुनः उछाल, कति पुग्यो ?

सुन र चाँदीको मूल्यमा पुनः उछाल, कति पुग्यो ?
New Office

काठमाण्डौ । विश्व बजारमा सुन र चाँदी दुबैको मूल्यमा फेरि उछाल आएको छ। अमेरिकी बजार समय अनुसार १९ अक्टोबर २०२५ राति ११ः४५ बजेको अवस्थाअनुसार सुनको मूल्य प्रतिऔंस ४२५६ अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ५५ डलरले बढेको हो ।  

चाँदीको मूल्य पनि उकालो लाग्दै प्रति औंस ५२.१७ अमेरिकी डलर पुगेको छ, जसमा ०.८४ डलरको वृद्धि देखिएको छ ।  

पछिल्लो मूल्य प्रवृत्ति

सुनको गत ३० दिनमा मूल्यमा १२.३३ प्रतिशत वृद्धि भएको छ, जबकि पछिल्ला ६ महिनामा २६.७४ र एक वर्षमा ५३.०१ प्रतिशत वृद्धिको दर रहेको छ।

पाँच वर्षको अवधिमा सुनको मूल्यमा ११८.१९ प्रतिशत वृद्धि भएको छ भने पछिल्ला २० वर्षमा यसले करिब ८०६.९७ प्रतिशतको ऐतिहासिक उचाइ हासिल गरेको देखिन्छ।

बजार विश्लेषकको भनाइ

विश्लेषकहरूका अनुसार अमेरिकी मुद्रास्फीति, ब्याजदरमा अनिश्चितता, र भूराजनीतिक तनावका कारण लगानीकर्ता सुरक्षित सम्पत्तिको रूपमा सुनतर्फ आकर्षित भइरहेका छन्।

साथै, चाँदीको मूल्यमा पनि औद्योगिक माग वृद्धि र हरित ऊर्जासँग सम्बन्धित उद्योगहरूको विस्तारले सकारात्मक प्रभाव पारेको जनाइएको छ।

नेपालमा यसको सीधा प्रभाव स्थानीयरूपमा सुनचाँदीको खुद्रा मूल्यमा देखिने अपेक्षा गरिएको छ। सुनको अन्तर्राष्ट्रिय मूल्यमा निरन्तर वृद्धि हुँदा नेपालमा पनि सुनको खुद्रा मूल्य नयाँ रेकर्ड नाघ्ने सम्भावना देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.