मंगलवार, असार १७,२०८२ 06:32:09
  • मंगलवार, असार १७,२०८२ 06:32:09
Global IME Bank Limited

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, एक तोला किन्न कति खर्च गर्नुपर्ने ?

Hyundai Nepal
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, एक तोला किन्न कति खर्च गर्नुपर्ने ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजार सुनको मूल्य हालसम्मकै महंगो भएको छ । आज घरेलु बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन(चैत १५ गते) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यसदिन सुनको मूल्य ११ सयले बढ्दै प्रतितोला छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय र तेजावी सुनको मूल्य १ लाख २७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २ हजार १ सय रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ पुगेको छ ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ५२५ रुपैयाँ पुगेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.