काठमाण्डौ । शुक्रबारको कारोबारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ४ हजार ८०० रुपैयाँले सस्तिएको हो। आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन भने सुनको भाउ ३ हजार ४ सय रुपैयाँले बढेको थियो ।
उक्त दिन सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ र १० ग्रामको २ लाख ६२ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।
आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोला २५५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।