शनिबार, असार १४,२०८२ 09:15:29
  • शनिबार, असार १४,२०८२ 09:15:29
Global IME Bank Limited

सुनको मूल्यमा पहिरो, हालसम्मकै उच्च विन्दुबाट घट्नुका यस्ता छन् कारण

Hyundai Nepal
सुनको मूल्यमा पहिरो, हालसम्मकै उच्च विन्दुबाट घट्नुका यस्ता छन् कारण
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ । गत साता हालसम्मकै उच्च अर्थात प्रतिऔंस २ हजार ४८३ डलर पुगेको सुनको मूल्यमा व्यापक गिरावट आएको हो ।  

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.६८ प्रतिशत अर्थात प्रतिऔंस ४१.०५ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४००.७८ डलरमा झरेको छ ।  

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य १.८१ प्रतिशत अर्थात प्रतिऔंस ०.५४ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २९.२१ डलरमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य एक साताको अवधिमा १ प्रतिशतले घटेको छ । यो साता सुन ट्रेडरको सेन्टिमेन्टमा व्यापक उतारचढाव आयो । यस्तो हुनुमा विभिन्न कारणले भूमिका खेलेका छन् । वर्तमान समयमा चीनको अर्थतन्त्र अपेक्षा विपरीत सुस्त गतिमा चलिरहेको छ । यस्तै आगामी नोभेम्बर ५ मा हुन गईरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले जित्ने सम्भावना बढेसँगै डलरको मूल्य समेत वृद्धि भईरहेको छ । यी कारणले सुनको मूल्यमा गिरावट आएको छ । डलरको मूल्य एक साताको अवधिमा ०.२६ प्रतिशतले बढेको छ ।  

यसका अतिरिक्त अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेनले नाम फिर्ता लिन सक्ने सम्भावना समेत उच्च बनेका कारण सुनको मूल्य प्रभावित बनेको छ । डेमोक्रयाटिक पार्टीका उच्च तहका नेताहरुले ट्रम्पको हत्या प्रयासपश्चात बाइडेनले ट्रम्पलाई पराजित गर्ने सम्भावना नरहेको दाबी गरेका छन् । 

गत बिहिबार अन्तराष्ट्रिय मुद्रा कोषले अमेरिकाको केन्द्रीय बैंकले सन् २०२४ को अन्त्यसम्म ब्याजदरमा कटौती गर्न नुहुने प्रतिवेदन सार्वजनिक गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.