काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य फेरि अलटाईम हाईको उचाईमा पुगेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६५ हजार ९०० को अलटाईम हाईमा पुगेको हो ।
सोमबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँको उचाई कायम गरेको थियो ।
इजरायलमा भइरहेको युद्धले यूरोपियन मुलुक र अन्य अन्तराष्ट्रिय बजारका चेनहरु प्रभावित हुँदा तथा कतिपय मुलुकमा आर्थिक मन्दी छाएका कारण सुरक्षित लगानीको रुपमा हेरिएको सुनको माग ह्वात्तै बढ्दा अन्तराष्ट्रिय बजारमा मूल्य बढेको हो । यसैको प्रभाव नेपाली बजारमा समेत परेको हो ।
जानकारहरुले सुनको मूल्य केही महिनाभित्रै प्रतितोला २ लाख आसपास पुग्ने दाबी गर्दै आएका छन् ।
यसैबीच, मंगलबार चाँदीको मूल्य समेत अलटाइम हाईमा पुगेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार १०० को उचाईमा पुगेको छ ।