बिहीबार, आश्विन १,२०८३ 09:23:44
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 09:23:44
Bizshala
Global IME Bank Limited

मध्यपूर्व तनावको प्रभाव सुनमा, मूल्य एकैदिन १३० डलरले वृद्धि

मध्यपूर्व तनावको प्रभाव सुनमा, मूल्य एकैदिन १३० डलरले वृद्धि
New Office

काठमाण्डौ । अमेरिका र इजरायलले इरानमाथि ठूलो सैन्य आक्रमण गरी सर्वोच्च नेता अलि खामेनीको मृत्यु भएको खबर सार्वजनिक भएपछि विश्वव्यापी भू–राजनीतिक तनाव चुलिएको छ। यस घटनापछि लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्ड २.४४ प्रतिशत अर्थात १३० डलरले बढेर प्रतिऔंस ५ हजार ४१० अमेरिकी डलर पुगेको छ । जुन चार साताभन्दा बढी समययताको उच्च स्तर हो।

इजरायलले आइतबार तेहरानमा थप हवाई आक्रमण गरेको र त्यसको जवाफमा इरानले मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसले मध्यपूर्व क्षेत्र मात्र नभई विश्व अर्थतन्त्रमै अनिश्चितता थपिएको विश्लेषण गरिएको छ।

Shivam Cement
Bizshala
CG Motors

बजार विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमले द्वन्द्व थप चर्किने संकेत देखिएको छ, जसका कारण अल्पकालीन रूपमा बजार अस्थिर रहने सम्भावना छ। यस्तो अवस्थाले सुनजस्ता सुरक्षित सम्पत्तिमा माग बढाउने उनीहरूको भनाइ छ।

यद्यपि, अमेरिकी डलर सूचकांक ०.२७ प्रतिशतले बढेकाले अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन केही महँगो बनेको छ, जसले मूल्य वृद्धिलाई आंशिक रूपमा सीमित गरेको देखिन्छ।

सन् २०२५ भरि सुनको मूल्य करिब ६४ प्रतिशतले वृद्धि भएको थियो ।  केन्द्रीय बैंकहरूको निरन्तर खरिद, एक्सचेन्ज–ट्रेडेड फन्डमा बलियो लगानी प्रवाह तथा अमेरिकी मौद्रिक नीतिमा सहजता आउने अपेक्षाले सुनको भाउ उकासिएको विश्लेषण गरिएको छ।

Muktinath Bikas Bank Limited

यसैबीच, अमेरिकामा उत्पादक मूल्य सूचकांक अपेक्षाभन्दा बढी वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ, जसले आगामी महिनाहरूमा मुद्रास्फीति बढ्न सक्ने संकेत दिएको छ। लगानीकर्ताहरूले अब एडीपी रोजगारी प्रतिवेदन, साप्ताहिक बेरोजगारी दाबी तथ्यांक तथा गैर–कृषि रोजगारी प्रतिवेदन लगायतका प्रमुख आर्थिक सूचकांकलाई नजिकबाट नियालिरहेका छन्। जसले समेत भविष्यमा सुनको मूल्य निर्धारण गर्न विशेष भूमिका खेल्नेछ ।

अन्य बहुमूल्य धातुतर्फ हेर्दा, चाँदी २.४४ प्रतिशतले बढेर प्रतिऔंस ९६ डलर पुगेको छ। प्लाटिनम ०.८ प्रतिशतले वृद्धि भई २ हजार ३८३.५० डलर तथा प्यालाडियम २.३ प्रतिशतले उकालो लाग्दै १ हजार ८२६.५९ डलरमा कारोबार भएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.