काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । अमेरिका र चीनबीच सुरु भएको व्यापार युद्धका कारण सुनको मूल्यले नयाँ उचाई चुमेको हो ।
अमेरिकाले चीनमाथि लगाएको आयात शुल्कको प्रतिक्रिया स्वरुप चीनले पनि अमेरिकी आयातमा शुल्क लगाउने निर्णय गरेसँगै सुनको मूल्यमा उछाल आएको छ । यस्तै डलरको भाउ ०.९ प्रतिशतले घटेको छ । जसका कारण अन्य मुद्राधारीलाई सुनको खरिद सस्तो पर्न गएको छ ।
आजको कारोबारमा सुनको मूल्य १.२५ प्रतिशत अर्थात ३५.२४ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ८५३ डलर कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ०.६३ डलरले बढ्दै प्रतिऔंस ३२.२२ डलर पुगेको छ ।