काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य २.११ प्रतिशत अर्थात प्रतिऔंस ५१ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य आज यो समाचार तयार पार्दासम्म प्रतिऔंस २ हजार ४७३ डलर कायम भएको छ ।
अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भका अधिकारीहरुको अभिव्यक्तिले आगामी सेप्टेम्बरमा ब्याजदरमा कटौती हुनसक्ने सम्भावना थप बलियो बनेपछि सुनको मूल्यमा उछाल आएको हो । लगानीकर्ताले सुरक्षित लगानीका रुपमा सुनमा लगानी बढाएपछि माग बढ्दा सुनको मूल्य बढेको जानकारले बताएका छन् ।
यस्तै अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिएकाले पनि सुनको मूल्य वृद्धिलाई टेवा पुगिरहेको विश्लेषकले बताएका छन् ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १.८५ प्रतिशत अर्थात प्रतिऔंस ०.५६ डलरले बढेको छ । चाँदीको मूल्य आज अन्तराष्ट्रिय बजारमा प्रतिऔंस ३१.५१ रुपैयाँमा कारोबार भईरहेको छ ।