काठमाण्डौ । सरकारले १० लाख रुपैयाँभन्दा बढी मूल्यका गरगहना वा हिरा मोती जडित गहनामा २ प्रतिशत विलाशिता कर लगाउने भएको छ । सरकारले आज जारी गरेको आर्थिक विधेयकमा यस्तो व्यवस्था गरेको हो ।
यस्तै सरकारले विदेशबाट १ सय ग्रामभन्दा बढी सुनका गरगहना ल्याउँदा अतिरिक्त ३ प्रतिशत भन्सार शुल्कको व्यवस्था गरेको छ । विदेशबाट फर्कदा नेपाली पुरुष नागरिकले २५ ग्राम र महिलाले ५० ग्राम सुन ल्याउन पाउँछन् । यसअघि भने विदेशबाट २ सय ग्राम सुन ल्याउँदा प्रचलित भन्सार शुल्क तिरे पुग्ने व्यवस्था थियो ।
तर अब ५० ग्रामसम्म सुन ल्याउँदा भने प्रचलित दरअनुसार ३ प्रतिशत अतिरिक्त भन्सार शुल्क तिर्नुपर्ने हुन्छ ।