काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी रहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि सुनको प्रतितोला १९ सय रुपैयाँले बढेको थियो ।
त्यसदिन सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भईरहदा त्यसको प्रभाव घरेलु बजारमा समेत परिरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७५ रुपैयाँमा कारोबार भईरहेको छ ।