काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय कायम थियो । उक्त दिन सुनको मूल्य ५ हजार ९ सयले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ । यससँगै चाँदीको भाउ प्रतितोला ३ हजार २८५ रुपैयाँ कायम भएको छ ।

