काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४३ सय डलर पार पुगेको छ । शुक्रबारको कारोबारमा सुनको ४.०२ प्रतिशत अर्थात १६८ डलरले बढेसँगै सुनको भाउ हालसम्मकै उच्च कायम भएको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ३५६ डलरमा कारोबार भईरहेको छ । यससँगै सुनको भाउले लगातार चौथो कारोबार दिनपनि रेकर्ड कायम गरेको छ ।
यो वर्ष सुनको मूल्य ६० प्रतिशत बढीले वृद्धि भईरहेको छ । सुनको मूल्य यसरी अचाक्ली बढ्नुमा विश्व राजनीतिक तनाव, आर्थिक अनिश्चितता, विश्वका केन्द्रीय बैंकहरुले खरिद बढाउनु र ब्याजदर घटाउँदै जानु मुख्य कारक तत्व हुन् ।
चीनले दुलर्भ खनिजको निर्यातलाई नियन्त्रण गर्ने बताएसँगै बढेको चीन र अमेरिकाबीचको व्यापारिक तनावले समेत पछिल्लो समय सुनको मूल्यवृद्धिलाई टेवा पुर्याई रहेको छ ।
विश्लेषकहरुले अमेरिकी केन्द्रीय बैंकले अक्टोबर र डिसेम्बर महिनाका लागि २५ प्रतिशत बेसिक प्वइन्टले ब्याजदरमा कटौती गर्न सक्ने आँकलन गरेका छन् । उनीहरुले यसको सम्भावना उच्च रहेको बताएका छन् । सुनको मूल्य न्यून ब्याजदरमा बढ्ने गर्छ ।
चाँदीको मूल्य पनि १.७७ प्रतिशतले बढेर प्रतिऔंस ५४.१५ डलरमा कारोबार भईरहेको छ ।