बुधबार, श्रावण ६,२०८३ 03:45:28
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:45:28
Bizshala
Global IME Bank Limited

सुनको मूल्य अचाक्ली वृद्धि, एकैदिन १६८ डलरले बढ्दै ऐतिहासिक रेकर्ड कायम

सुनको मूल्य अचाक्ली वृद्धि, एकैदिन १६८ डलरले बढ्दै ऐतिहासिक रेकर्ड कायम
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४३ सय डलर पार पुगेको छ । शुक्रबारको कारोबारमा सुनको ४.०२ प्रतिशत अर्थात १६८ डलरले बढेसँगै सुनको भाउ हालसम्मकै उच्च कायम भएको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ३५६ डलरमा कारोबार भईरहेको छ । यससँगै सुनको भाउले लगातार चौथो कारोबार दिनपनि रेकर्ड कायम गरेको छ ।  

यो वर्ष सुनको मूल्य ६० प्रतिशत बढीले वृद्धि भईरहेको छ । सुनको मूल्य यसरी अचाक्ली बढ्नुमा विश्व राजनीतिक तनाव, आर्थिक अनिश्चितता, विश्वका केन्द्रीय बैंकहरुले खरिद बढाउनु र ब्याजदर घटाउँदै जानु मुख्य कारक तत्व हुन् ।  

चीनले दुलर्भ खनिजको निर्यातलाई नियन्त्रण गर्ने बताएसँगै बढेको चीन र अमेरिकाबीचको व्यापारिक तनावले समेत पछिल्लो समय सुनको मूल्यवृद्धिलाई टेवा पुर्याई रहेको छ ।  

विश्लेषकहरुले अमेरिकी केन्द्रीय बैंकले अक्टोबर र डिसेम्बर महिनाका लागि २५ प्रतिशत बेसिक प्वइन्टले ब्याजदरमा कटौती गर्न सक्ने आँकलन गरेका छन् । उनीहरुले यसको सम्भावना उच्च रहेको बताएका छन् । सुनको मूल्य न्यून ब्याजदरमा बढ्ने गर्छ ।  

चाँदीको मूल्य पनि १.७७ प्रतिशतले बढेर प्रतिऔंस ५४.१५ डलरमा कारोबार भईरहेको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.