बुधबार, श्रावण ६,२०८३ 03:50:10
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:50:10
Bizshala
Global IME Bank Limited

सुनको मूल्य एकैदिन २६ डलरले बढ्यो, चाँदीको भाउ १४ वर्षकै उच्च

सुनको मूल्य एकैदिन २६ डलरले बढ्यो, चाँदीको भाउ १४ वर्षकै उच्च
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य विगत ४ महिनाकै उच्च कायम भएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सेप्टेम्बर महिनाका लागि ब्याजदरमा कटौती गर्ने उच्च सम्भावनाका बीच सुनको मूल्य आकाशिएको हो ।  

आजको कारोबारमा सुनको मूल्य ०.७७ प्रतिशत अर्थात २६.६३ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ४७४ डलरमा कारोबार भईरहेको छ । यो मूल्य गत अप्रिल २३ पछिकै उच्च हो ।  

अमेरिकी संघीय अदालतले ट्रम्पको ट्यारिफ नीतिलाई गैरकानूनी घोषणा गरेसँगै बढेको अनिश्चितताका कारण समेत सुनको मूल्य बढेको विश्लेषकहरुले बताएका छन् ।  

फेडले २५ बेसिक प्वइन्टले ब्याजदरमा कटौती गर्ने उच्च सम्भावना रहेको जनाइएको छ । प्रतिफल नदिने सम्पत्तिको रुपमा रहेको सुनको मूल्य प्रायः न्यून ब्याजदर वातावरणमा फस्टाउने गर्छ ।  

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ०.७३ डलरले बढ्दै प्रतिऔंस ४०.४७ डलर पुगेको छ । यो मूल्य सन् २०११ सेप्टेम्बर अर्थात १४ वर्षकै उच्च हो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.