काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । आजका कारोबारमा सुनको मूल्य ३५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ५३ हजार १ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १०० रुपैयाँले महङ्गिदै प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भईरहेको छ ।

