बुधबार, असार १७,२०८३ 06:39:34
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:39:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धनतेरसमा दिल खोलेर खर्च गरे नेपालीले, एकैदिन किने २ अर्ब २० करोड रुपैयाँ बराबरको सुनचाँदी

Laxmi Sunrise Bank Limited
धनतेरसमा दिल खोलेर खर्च गरे नेपालीले, एकैदिन किने २ अर्ब २० करोड रुपैयाँ बराबरको सुनचाँदी

काठमाण्डौ । धनतेरसको अवसरमा नेपालमा सुनचाँदीको कारोबारले बजार तातेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यो पर्वमा एकै दिनमा करिब ८० किलो सुन र १,५०० किलो चाँदी बिक्री भएको छ। धनतेरसको दिनको सुन र चाँदीको मूल्यका आधारमा हिसाब गर्दा एकैदिन २ अर्ब २० करोड हाराहारीमा सुनचाँदी बिक्री भएको देखिएको छ । यसमा सुन मात्रै १ अर्ब ७३ करोड ५२ लाखभन्दा बढीको बिक्री भएको देखिन्छ ।  यो परिमाणले मुलुकभरको बजारमा सुनचाँदीप्रतिको आकर्षण झल्काउँछ।  

New Office
CG Motors
Garima Development Bank

कीर्तिमानी मूल्यमा पनि माग कायम

महासंघका अध्यक्ष अर्जुन रसाइलीले धनतेरसमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको बताए। प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। “यति उच्च मूल्यमा पनि ७०–८० किलो सुन बिक्री हुनु सकारात्मक हो,” उनले भने। गत वर्षको तुलनामा सुनको बिक्री केही कम भए पनि मूल्यवृद्धिका कारण कारोबार रकम उल्लेख्य रहेको उनको भनाइ छ। चाँदीको मूल्य प्रतितोला ३,३३५ रुपैयाँ तोकिएको थियो, तर गहनामा थप ज्याला र शुल्कले सर्वसाधारणले बढी मूल्य तिर्नुपरेको छ।

सर्वसाधारणको लगानी र रुचि

धनतेरसमा सुनचाँदी खरिदलाई समृद्धि र सुरक्षित लगानीको प्रतीक मानिन्छ। महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार, सर्वसाधारणले गहना, सिक्का, ढिक्का र बेरुवा औंठीमा विशेष चासो देखाएका छन्। “मूल्य अझै बढ्ने अनुमानले गहनाभन्दा सिक्का र ढिक्कामा लगानी बढेको छ,” शाक्यले भने। चाँदीको बिक्री भने गत वर्षको तुलनामा बढेको छ, किनभने चाँदीका ढिक्का बिक्री गर्न सकिने सुविधा छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बजारमा माग र आपूर्तिको अवस्था

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। नेपाल राष्ट्र बैंकले सुनको दैनिक कोटा २५ किलो तोके पनि बजारमा माग ४०-४५ किलो पुगेको व्यवसायी बताउँछन्। पुरानो सुनको फिर्ता र विदेशबाट आयातित सुनले माग धानिएको छ। “धनतेरसमा सुनचाँदी किनेर लक्ष्मी भित्र्याउने मान्यताले बिक्री बढाएको हो,” रसाइलीले भने।

व्यवसायीको उत्साह

धनतेरसलाई सुनचाँदी व्यवसायीहरूले प्रमुख पर्वका रूपमा लिन्छन्। “यो समयमा बिक्री नहुने कुरै हुँदैन। मूल्यवृद्धिका बाबजुद बिक्री ढिकै छ,” शाक्यले थपे। तिहारको रौनकले बजारमा चहलपहल बढाएको र सर्वसाधारणको उत्साहले व्यवसायी उत्साहित भएको उनको भनाइ छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.