मंगलवार, असार १७,२०८२ 07:31:16
  • मंगलवार, असार १७,२०८२ 07:31:16
Global IME Bank Limited

सुनको मूल्यले बनायो नयाँ अलटाईम हाईको रेकर्ड, कहिलेसम्म बढिरहन्छ ?

Hyundai Nepal
सुनको मूल्यले बनायो नयाँ अलटाईम हाईको रेकर्ड, कहिलेसम्म बढिरहन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले यसअघि कायम अलटाईम हाईको रेकर्ड ब्रेक गरेको छ ।  

पछिल्लो समय सुनको मूल्य प्रति औंस ७७.२८ डलरले बढ्दै ३२३८.८२ डलरको नयाँ उचाईमा पुगेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

यसअघि शुक्रबार सुनको भाउले प्रतिऔंस ३ हजार २१८.२४ डलरको अलटाईम हाई कायम गरेको थियो ।  

सुनको शनिवार कायम भएको प्रति औंस ३२३८.८२ डलरको मूल्य हालसम्मकै उच्च हो ।  

यसअघि गत अप्रिल ३ मा सुनको मूल्य प्रतिऔंस ३ हजार १६७.५७ डलर पुगेको थियो । त्यसपछि पनि निरन्तर बढिरहेको छ ।    

डलरको भाउमा आएको गिरावट र चीन र अमेरिकाबीचको बढ्दो व्यापार संकटका कारण सुनको मूल्यमा उछाल आएको हो । विश्व आर्थिक अनिश्चितता र भू–राजनीतिक तनाव जस्ता परिस्थिति सुनको मूल्य उकालो लाग्नका लागि कारकहरु हुन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि एकपछि अर्को ट्यारिफ थपिरहेका छन् । जसका कारण यी दुई देशबीचको व्यापारयुद्ध थप चर्किदै गएको छ ।  

सुन विश्लेषकहरुले सुनको उकालो यात्रा जारी रहनेमा भने आशंका प्रकट गरेका छन् । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गर्न सक्ने सम्भावनका बीच डलर बलियो हुने भएकाले सुनको मूल्य उकालो यात्रामा चाँडै ब्रेक लाग्न सक्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.