सोमबार, कार्तिक २,२०८३ 03:13:52
  • सोमबार, कार्तिक २,२०८३ 03:13:52
Global IME Bank Limited

सुनको मूल्यले बनायो नयाँ अलटाईम हाईको रेकर्ड, कहिलेसम्म बढिरहन्छ ?

Bizshala
सुनको मूल्यले बनायो नयाँ अलटाईम हाईको रेकर्ड, कहिलेसम्म बढिरहन्छ ?
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले यसअघि कायम अलटाईम हाईको रेकर्ड ब्रेक गरेको छ ।  

पछिल्लो समय सुनको मूल्य प्रति औंस ७७.२८ डलरले बढ्दै ३२३८.८२ डलरको नयाँ उचाईमा पुगेको हो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसअघि शुक्रबार सुनको भाउले प्रतिऔंस ३ हजार २१८.२४ डलरको अलटाईम हाई कायम गरेको थियो ।  

सुनको शनिवार कायम भएको प्रति औंस ३२३८.८२ डलरको मूल्य हालसम्मकै उच्च हो ।  

यसअघि गत अप्रिल ३ मा सुनको मूल्य प्रतिऔंस ३ हजार १६७.५७ डलर पुगेको थियो । त्यसपछि पनि निरन्तर बढिरहेको छ ।    

डलरको भाउमा आएको गिरावट र चीन र अमेरिकाबीचको बढ्दो व्यापार संकटका कारण सुनको मूल्यमा उछाल आएको हो । विश्व आर्थिक अनिश्चितता र भू–राजनीतिक तनाव जस्ता परिस्थिति सुनको मूल्य उकालो लाग्नका लागि कारकहरु हुन् । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि एकपछि अर्को ट्यारिफ थपिरहेका छन् । जसका कारण यी दुई देशबीचको व्यापारयुद्ध थप चर्किदै गएको छ ।  

सुन विश्लेषकहरुले सुनको उकालो यात्रा जारी रहनेमा भने आशंका प्रकट गरेका छन् । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गर्न सक्ने सम्भावनका बीच डलर बलियो हुने भएकाले सुनको मूल्य उकालो यात्रामा चाँडै ब्रेक लाग्न सक्छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.