सोमबार, श्रावण २५,२०८३ 11:02:28
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 11:02:28
Bizshala
Global IME Bank Limited

सात साताको उच्च विन्दुपछि सुनको मूल्यमा गिरावट, लगानीकर्ताको नजर अमेरिकी मुद्रास्फीतिमा

सात साताको उच्च विन्दुपछि सुनको मूल्यमा गिरावट, लगानीकर्ताको नजर अमेरिकी मुद्रास्फीतिमा
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सात साताकै उच्च विन्दुमा पुगेपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेसँगै सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। अब बजारको ध्यान अमेरिकी मुद्रास्फीतिसम्बन्धी नयाँ तथ्यांक र त्यसले फेडरल रिजर्भको ब्याजदर नीतिमा पार्न सक्ने प्रभावतर्फ केन्द्रित भएको छ।

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.३३ प्रतिशत अर्थात १४.६६ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ४ हजार ३२४ डलरमा सीमित बनेको छ । गत शुक्रबार सुनको मूल्य जुन १७ यताकै उच्च विन्दुमा पुगेको थियो।

पछिल्लो गिरावटलाई सुनको माग कमजोर भएको भन्दा पनि अघिल्लो साता भएको तीव्र मूल्यवृद्धिपछि आएको नाफा सुरक्षित गर्ने सामान्य प्रवृत्तिका रूपमा हेरिएको छ ।

अमेरिकामा जुलाईमा रोजगारी अपेक्षाविपरीत घटेको तथ्यांक सार्वजनिक भएपछि ब्याजदरसम्बन्धी बजारको अपेक्षामा समेत परिवर्तन आएको छ। यसअघि सार्वजनिक गरिएका अघिल्ला दुई महिनाका रोजगारी वृद्धिका तथ्यांक पनि उल्लेख्य रूपमा संशोधन गरिएका छन्।

रोजगारी बजार कमजोर बनेपछि आगामी सेप्टेम्बर १५–१६ मा हुने फेडरल रिजर्भको बैठकमा ब्याजदर बढ्ने सम्भावनासमेत घटेको छ। बजारमा ब्याजदरसम्बन्धी अपेक्षा परिवर्तन हुँदा ब्याज नदिने सुनप्रतिको आकर्षण बढ्ने गर्छ।

यसैबीच, यो साता सार्वजनिक हुने अमेरिकी उपभोक्ता मूल्य सूचकांक र उत्पादक मूल्य सूचकांकले सुनको आगामी दिशाका लागि महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ।

अमेरिकी मुद्रास्फीतिका तथ्यांक अपेक्षाभन्दा नरम आएमा ब्याजदर नबढाउने फेडको निर्णयलाई थप बल पुग्न सक्छ, जसले सुनको मूल्यमा थप उछालको बाटो खोल्न सक्ने जनाइएको छ ।

तर मध्यपूर्वको भूराजनीतिक तनाव भने सुनका लागि दोधारे जोखिमका रूपमा रहेको छ। तनाव बढेर कच्चा तेलको मूल्य तीव्र रूपमा बढेमा त्यसले मुद्रास्फीतिमाथि दबाब बढाउन सक्ने भएकाले सुनको बजारमा समेत असर पर्न सक्छ।

मध्यपूर्वतर्फ इरानले ओमानसँग स्ट्रेट अफ हर्मुज हुँदै नयाँ समुद्री मार्ग निर्धारण गर्ने विषयमा अन्तिम सम्झौता नजिक पुगेको जनाएको छ। यद्यपि रणनीतिक रूपमा महत्वपूर्ण उक्त जलमार्ग पुनः खोल्नुअघि अमेरिकाले केही सर्त पूरा गर्नुपर्ने इरानको भनाइ छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.