शनिबार, असार १४,२०८२ 08:30:21
  • शनिबार, असार १४,२०८२ 08:30:21
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ४० डलरले घट्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन ४० डलरले घट्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्यमा व्यापक गिरावट आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.७० प्रतिशत अर्थात ४०.२२ डलरले घटेको छ ।  

यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३२०.७९ डलरमा झरेको छ ।  

सुनसँगै चाँदीको मूल्यमा पनि व्यापक गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस ३.९९ प्रतिशत अर्थात १.२३ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.५४ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकी केन्द्र्रीय बैंकले ब्याजदरमा कम कटौती गर्ने सम्भावना भएपछि अन्तराष्ट्रिय  बजारमा सुनको मूल्यमा गिरावट आएको हो । अमेरिकाको अर्थतन्त्रमा देखिएको सुधारका कारण ब्याजदर कटौती टरेको छ ।  यद्यपी अमेरिकी हाउजिङ क्षेत्रको सुस्ततामा भने सुधार आएको छैन । यस्तै बेरोजगारी दाबी अपेक्षा गरेभन्दा बढी देखिएको छ । यी सबै कारणले लगानीकर्तामा आगामी सेप्टेम्बरमा फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने सम्भावना भने जीवितै छ । यस्तै अमेरिकी डलर बलियो बन्दा समेत सुनको मूल्यमा गिरावट आउन आएको हो ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.