काठमाण्डौ । आज स्थानिय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेको हो ।
आजको सुनको कारोबार प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको भाउ २ हजार ९ सयले बढेको थियो ।
आज चाँदीको भाउ समेत वृद्धि भएको छ । चाँदी १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १७० रुपैयाँ कायम भएको छ ।

