काठमाण्डौ । विश्व भुराजनीतिक अनिश्चितता र विश्वका प्रमुख अर्थतन्त्रबीच सम्भावित व्यापार युद्धका कारण सुनको मूल्य उकालो लागेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतिऔंस ०.६८ डलर अर्थात १७.८८ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६५८ डलरमा कारोबार भईरहेको छ । परिवर्तित विश्व घटनाले सुनको माग बढेकाले मूल्य बढेको जनाइएको छ । यद्यपी अमेरिकामा ‘थ्याङ्कस जिभिङ’का कारण बिदा परेकाले कारोबार भोल्युम भने घट्ने अपेक्षा गरिएको छ ।
गत सोमबार सुनको मूल्यमा विगत ५ महिनाकै उच्च गिरावट आएको थियो ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा,मेक्सिको र चीन जस्ता देशका लागि भन्सार शुल्क वृद्धि गर्ने बताएका छन् । जसका कारण यी देशहरुबीच व्यापार युद्धको सम्भावना बढेको छ । यसले सुनको मूल्य वृद्धि हुनुमा महत्वपूर्ण भूमिका खेल्ने विज्ञले बताएका छन् ।
आज चाँदीको मूल्य पनि ०.५७ डलरले बढेर प्रतिऔंस ३०.६५ डलरमा कारोबार भईरहेको छ ।