बुधबार, चैत्र २०,२०८१ 02:39:43
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:39:43
IME remit
Global IME Bank Limited

डलर कमजोर बन्दा सुनको मूल्य २ महिनाकै उच्च, एकैदिन ४० डलरले बढ्यो

Hyundai Nepal
डलर कमजोर बन्दा सुनको मूल्य २ महिनाकै उच्च, एकैदिन ४० डलरले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य दुई महिनाकै उच्च कायम भएको छ । डलर कमजोर बन्दा र अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको थालनी गरेसँगै सम्भावित भन्सार शुल्कको जोखिम लगयातका अनिश्चितताका कारण सुनको मूल्यमा उच्च वृद्धि देखिएको हो ।  

आजको कारोबारमा सुनको मूल्य १.४९ प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य ४०.४१ डलरले बढ्दै प्रतिऔंस २ हजार ७४९ डलरमा कारोबार भईरहेको छ । जुन गत नोभेम्बर ६ पछिकै उच्च हो ।  

Shivam Cement
Bizshala
CG Motors

यससँगै सुनको मूल्य हालसम्मकै उच्च विन्दुतर्फ उन्मुख भएको छ । गत अक्टोबर महिनामा सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । त्यसेबला सुनको मूल्य प्रतिऔंस २ हजार ७९०.१५ डलर पुगेको थियो ।  

डलर इन्डेक्स १.२ प्रतिशतले घटेको छ । यो गिरावट दुई साताकै उच्च हो । डलरको मूल्यमा आएको गिरावटका कारण अन्य मुद्रा भएका लगानीकर्ताको लागि सुन खरिद सस्तो पर्न गएका कारण सुनको मूल्य उकालो लागेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ०.४० डलरले बढ्दै प्रतिऔंस ३०.८६ डलर पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.