काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी गरेको छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको भाउ आजपनि ७ हजार १ सय रुपैयाँले बढेको हो ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन पनि सुनको भाउ २ हजार रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको भाउ समेत बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँको वृद्धिका साथ ३ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ ।