काठमाण्डौ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ । यो वृद्धिसँगै आज सु प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेको हो।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ८३० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४ हजार ७९० रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको चाँदीको मूल्य आज १०० रुपैयाँले बढेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।