काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । आजको कारोबारमा सुनको मूल्य ३.६१ प्रतिशत अर्थात १४४.३४ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार १४५ डलरमा भईरहेको छ । यो भनेको विगत तीन साताकै उच्च नजिक हो । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले डिसेम्बर महिनाका लागि ब्याजदरमा कटौती गर्नसक्ने सम्भावना बढेसँगै र अमेरिकी शटडाउन अन्त्य हुने संघारमा पुगेकाले सुनको मूल्य वृद्धि भएको हो ।
आज चाँदीको भाउ समेत बढेको छ । चाँदी २.७० प्रतिशतले बढेर प्रतिऔंस ५१ डलरमा कारोबार भईरहेको छ ।

