काठमाण्डौ । अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल बट्नुका साथै अमेरिकी डलर मजबुत बनेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार दबाबमा परेको छ। पछिल्लो कारोबारमा सुनको मूल्य घटेर सात महिनाको न्यून स्तर नजिक पुगेको छ।
आज सुनको मूल्य १.२२ प्रतिशतले घट्दै प्रतिऔंस करिब ३,९७५ डलरमा कारोबार भईरहेको छ। अघिल्लो सत्रमा सुनको मूल्य प्रतिऔंस ३ हजार ९४२ डलरसम्म झरेको थियो, जुन पछिल्लो नोभेम्बरपछिको सबैभन्दा कम स्तर हो।
अमेरिकी ट्रेजरी यिल्डमा भएको वृद्धि र डलरको मजबुतीले सुनमा थप दबाब सिर्जना गरेको हो। डलर बलियो हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन महँगो पर्न जान्छ, जसले माग घटाउँछ।
यस्तै आज चाँदीका भाउ पनि घटेको छ । चाँदीको मूल्य २.९४ प्रतिशतले घटेर प्रतिऔंस ५७.६८ डलर कायम भएको छ ।

