काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य १.८१ प्रतिशत अर्थात ८२ डलरले घटेको छ ।
यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ४५२ डलरमा सीमित बनेको छ ।
लगानीकर्ताले नाफा बुक गर्दा त्यसको प्रभाव मूल्य परेको विश्लेषकहरुले बताएका छन् । पछिल्लो समय सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । यो वर्ष सुनको मूल्य ७२ प्रतिशतले बढेको छ । अमेरिकी केन्द्रीय बैंकको मौद्रिक नीति, कमजोर डलर, भूराजनीतिक प्रभाव र केन्द्रीय बैंकहरुले खरिद बढाउदा यो वर्ष सुनको भाउ बढ्न पुगेको हो ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ४.१२ डलरले घट्दै प्रतिऔंस ७५ डलरमा कारोबार भईरहेको छ । यसअघिको कारोबारमा चाँदीको भाउ बढेर प्रतिऔंस ८० डलर पार पुगेको थियो ।
लगानीकर्ताको ध्यान यतिबेला मंगलबार बस्न लागेको अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको बैठकमा रहेको छ । उक्त बैंठकले ब्याजदर कटौतीको बारेमा निर्णय गर्नेछ । जसले सुनको भाउमा हुने उचारचढाव निर्धारण गर्नेछ ।

