बुधबार, असार १७,२०८३ 06:42:11
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:42:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा उच्च गिरावट, एकैदिन ८२ डलरले घट्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा उच्च गिरावट, एकैदिन ८२ डलरले घट्यो

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य १.८१ प्रतिशत अर्थात ८२ डलरले घटेको छ ।

यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ४५२ डलरमा सीमित बनेको छ ।

लगानीकर्ताले नाफा बुक गर्दा त्यसको प्रभाव मूल्य परेको विश्लेषकहरुले बताएका छन् । पछिल्लो समय सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । यो वर्ष सुनको मूल्य ७२ प्रतिशतले बढेको छ । अमेरिकी केन्द्रीय बैंकको मौद्रिक नीति, कमजोर डलर, भूराजनीतिक प्रभाव र केन्द्रीय बैंकहरुले खरिद बढाउदा यो वर्ष सुनको भाउ बढ्न पुगेको हो ।

New Office
CG Motors
Garima Development Bank

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ४.१२ डलरले घट्दै प्रतिऔंस ७५ डलरमा कारोबार भईरहेको छ । यसअघिको कारोबारमा चाँदीको भाउ बढेर प्रतिऔंस ८० डलर पार पुगेको थियो ।

लगानीकर्ताको ध्यान यतिबेला मंगलबार बस्न लागेको अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको बैठकमा रहेको छ । उक्त बैंठकले ब्याजदर कटौतीको बारेमा निर्णय गर्नेछ । जसले सुनको भाउमा हुने उचारचढाव निर्धारण गर्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.