काठमाण्डौ । अमेरिकी फेडरल रिजर्भका अध्यक्ष केभिन वार्शले ज्याक्सन होल आर्थिक सम्मेलनमा दिने महत्वपूर्ण सम्बोधनअघि शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य ०.३९ प्रतिशत अर्थात १७ डलरले घटेर प्रतिऔंस ४ हजार ५८० डलरमा कारोबार भईरहेको छ । यसअघि चालु साता सुनको मूल्य तीन महिनाभन्दा बढी अवधिपछिको उच्च विन्दुमा पुगेको थियो। अमेरिकी ट्रेजरीले दीर्घकालीन अवधिका बन्डलाई समर्थन गर्ने उपाय घोषणा गरेपछि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो।
फेड अध्यक्ष वार्शले मौद्रिक नीतिमा अपेक्षाकृत कडा धारणा प्रस्तुत गर्ने सम्भावना बढी रहेकाले निकट अवधिमा सुनको मूल्य हालको उच्च विन्दुबाट थप तल झर्न सक्ने जोखिम छ।
तर मूल्यमा आउने यस्तो गिरावटलाई सुनमा लगानी गर्न छुटेका लगानीकर्ताले पुनः खरिदको अवसरका रूपमा लिन सक्ने उनको भनाइ छ। उनका अनुसार बजारका केही लगानीकर्ताको लक्ष्य फेरि प्रतिऔंस ५ हजार डलरको स्तर परीक्षण गर्नु हुन सक्छ।
ज्याक्सन होलमा भेला भएका केन्द्रीय बैंकका अधिकारीहरूले बिहीबार अमेरिकाको मुद्रास्फीतिको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए। यसअघि सार्वजनिक तथ्यांकअनुसार फेडरल रिजर्भले मुख्य मुद्रास्फीति सूचकका रूपमा प्रयोग गर्ने पर्सनल कन्जम्प्सन एक्सपेन्डिचर मूल्य सूचकांक जुलाईसम्मको १२ महिनामा ३।७ प्रतिशत रहेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।