मंगलवार, असार १७,२०८२ 07:45:15
  • मंगलवार, असार १७,२०८२ 07:45:15
Global IME Bank Limited

थामियो सुनको ओरालो यात्रा, एकैदिन ४१ डलरले वृद्धि

Hyundai Nepal
थामियो सुनको ओरालो यात्रा, एकैदिन ४१ डलरले वृद्धि
Nabil Bank Limited
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । आजको कारोबारमा सुनको मूल्य १.३९ प्रतिशत अर्थात ४१.२९ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको भाउ प्रतिऔंस ३ हजार ८.४९ डलरमा कारोबार भईरहेको छ । अमेरिका र चीनबीचको व्यापारीक टकराब र अमेरिकाको ट्यारिफ नीतिका कारण सुनको मूल्य पुनःउकालो लागेको हो । यसका साथै आफ्ना प्रतिष्पर्धि मुद्राको तुलनामा डलर केही कमजोर बन्दा समेत सुनको मूल्यमा बढोत्तरी आएको छ ।
CG Motors
Muktinath Bikas Bank Limited
पछिल्लो ३ कारोबारमा भने सुनको मूल्य लगातार घटेको थियो । अमेरिकाले चीनमाथि अतिरिक्त कर थप्दै कुल भन्सार शुल्क १०४ प्रतिशत पुर्याएको छ ।
आर्थिक र राजनीतिक संकटका बेला सुरक्षित लगानीको रुपमा लिइने सुनको मूल्य यो वर्ष १५ प्रतिशतले बढिसकेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी ०.११ डलरले बढ्दै प्रतिऔंस २९.८९ डलर कायम भएको छ ।
Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.