मंगलवार, श्रावण ५,२०८३ 09:21:21
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 09:21:21
Bizshala
Global IME Bank Limited

डलर बलियो हुँदा सुनको मूल्य घट्यो, तेलको मूल्यवृद्धिले महङ्गीको चिन्ता बढायो

डलर बलियो हुँदा सुनको मूल्य घट्यो, तेलको मूल्यवृद्धिले महङ्गीको चिन्ता बढायो
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य करिब एक साताकै न्यून तहमा झरेको छ। अमेरिकी डलर बलियो हुनुका साथै तेलको मूल्य पुनः १०० डलर प्रतिव्यारेलमाथि उक्लिएपछि महँगाइ बढ्ने चिन्ताले लगानीकर्ताको मनोविज्ञान प्रभावित हुँदा सुनमा दबाब परेको हो।

स्पट गोल्ड ०.४ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार ७२६.६४ डलरमा झरेको छ। कारोबारका क्रममा यसले अप्रिल ७ यताकै न्यून स्तर ४ ह जार ६४३ डलर छोएको थियो।  

डलर सूचकांक करिब ०.३ प्रतिशतले मजबुत बन्दा अन्य मुद्राका धारकहरूका लागि सुन महँगो बन्न पुगेको छ। उता, अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भएको वार्ता असफल भएपछि मध्यपूर्वमा तनाव बढ्दै जाँदा तेलको मूल्य पुनः उकालो लागेको छ।

अमेरिकी नौसेनाले स्ट्रेट अफ हर्मुज क्षेत्रमा नाकाबन्दीको तयारी गरिरहेको खबर सार्वजनिक भएसँगै आपूर्ति अवरोधको जोखिम बढेको छ। यसप्रति इरानको रिभोल्युसनरी गार्ड्सले कडा प्रतिक्रिया जनाउँदै उक्त क्षेत्रमा आउने सैन्य जहाजलाई कडा रूपमा सामना गरिने चेतावनी दिएको छ।

विश्लेषकहरूका अनुसार, तेल मूल्यवृद्धिले महँगाइ थप चर्किन सक्ने अनुमानका कारण केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना न्यून बनेको छ। उच्च ब्याजदरले ब्याज नदिने सम्पत्ति सुनको आकर्षण घटाउँछ।

यसअघि मध्यपूर्वमा द्वन्द्व सुरु हुनुअघि अमेरिकी केन्द्रीय बैंकले यस वर्ष दुईपटक ब्याजदर कटौती गर्ने अपेक्षा गरिएको थियो। तर हाल ऊर्जा मूल्यवृद्धिका कारण यस्तो सम्भावना कमजोर बनेको देखिन्छ।

अन्य बहुमूल्य धातुहरूमा चाँदी १.९ प्रतिशतले घटेर प्रति औंस ७४.४१ डलरमा झरेको छ। प्लाटिनम ०.२ प्रतिशतले घट्दा प्यालाडियम भने ०.५ प्रतिशतले बढेको छ।

विशेषज्ञहरूका अनुसार, भूराजनीतिक तनाव र महँगाइले सामान्यतया सुनको माग बढाउने भए पनि हाल बलियो डलर र उच्च ब्याजदरको दबाबले सुन बजार कमजोर बनेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.