काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले महङ्गिएको छ ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ३ हजार ५८५ रुपैयाँ कायम भएको छ ।

