काठमाण्डौ । डलरको मूल्य बलियो बन्दा अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.५४ प्रतिशत अर्थात १४ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ६३७ डलरमा सीमित बनेको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको ब्रिक्स राष्ट्रहरूले डलरलाई प्रतिस्थापन गर्ने प्रयास गर्नबाट अलग रहनु पर्ने अभिव्यक्ति दिएसँगै डलर बलियो बनेको हो । ट्रम्पले ब्रिक्समा संलग्न ९ वटा राष्ट्रले डलरको विकल्प खोजे शतप्रतिशत भन्सार शुल्क लगाउने धम्किपूर्ण अभिव्यक्ति दिएका छन् ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.०८ डलरले घट्दै प्रतिऔंस ३०.५५ डलर कायम भएको छ ।