बुधबार, असार १७,२०८३ 06:34:27
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:34:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य पुनः ४ हजार डलर पार, एकैदिन ५६ डलरको उछाल

Laxmi Sunrise Bank Limited
सुनको मूल्य पुनः ४ हजार  डलर पार, एकैदिन ५६ डलरको उछाल

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः बढेको छ । पछिल्लो कारोबारमा १.४३ प्रतिशत अर्थात ५६ डलरले बढेसँगै सुनको भाउले पुनः प्रतिऔंस ४ हजार डलरको आँकडा पार गरेको छ ।  

यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ४ हजार १७ डलरमा भईरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १०० प्रतिशत ट्यारिफ लगाएसँगै र विश्व राजनीतिक अस्थिरताका कारण सुनको भाउ वृद्धि भएको विश्लेषकहरुले बताएका छन् ।  

यस्तै डलर कमजोर बन्दा समेत त्यसको प्रभाव सुनको भाउमा देखिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै लगानीकर्ताको ध्यान फ्रान्स र अमेरिकी सरकारमा देखिएको उथलपुथलमा समेत रहेको छ ।  

गत बुधबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको थियो । उक्त दिन सुनको भाउ प्रतिऔंस ४ हजार ५९ डलरमा पुगेको थियो ।  

यस्तै चाँदीको भाउ पनि १.४८ डलरले बढेर प्रतिऔंस ५०.०९ डलरमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.