काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पुनः पहिरो गएको देखिएको छ ।
पहेँलो धातु सुनको मूल्य प्रति औंस ३६.४२ डलर(१.३६ प्रतिशत)ले घटेको हो ।
योसँगै प्रतिऔंस सुनको मूल्य घटेर २६४८.९५ अमेरिकी डलरमा सीमित बन्न पुगेको छ ।
पछिल्लो समय सुनको मूल्यमा घटबढको श्रृङ्खला जारी छ । मध्यपूर्व र अन्य क्षेत्रमा युद्ध चर्किँदा सुरक्षित लगानी ठानिने सुनको माग ह्वात्तै बढी मूल्यमा समेत उछाल आउने गरेको छ भने युद्ध मत्थर भएको अवस्थामा सुनको लगानी अन्यत्र सर्ने हुँदा मूल्य घट्ने गरेको छ ।
यस्तै, अमेरिकी डलरको भाउ बढ्दा सुनको मूल्य घट्ने गरेको छ भने भाउ घट्दा लगानीकर्ताहरु सुनमा सरेपछि माग बढी मूल्य बढ्ने गरेको छ ।
नेपालमा निर्धारण हुने सुनको मूल्य पनि अन्तराष्टिय बजारमा हुने उतारचढावमा आधारित हुन्छ । यहीकारण अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा समेत मूल्य घट्ने गर्छ । आजको अन्तराष्ट्रिय बजारको मूल्यलाई हेर्दा नेपालको घरेलु बजारमा समेत सुनको मूल्य राम्रै घट्नसक्ने आँकलन गर्न सकिन्छ ।