मंगलवार, असार १७,२०८२ 06:59:17
  • मंगलवार, असार १७,२०८२ 06:59:17
Global IME Bank Limited

सुनको मूल्य अहिलेसम्मकै उच्च, एकैदिन ११ सयले बढ्यो

Hyundai Nepal
सुनको मूल्य अहिलेसम्मकै उच्च, एकैदिन ११ सयले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज घरेलु बजारमा सुनको मूल्य वृद्धि भएसँगै सुनको मूल्यले नयाँ उचाई कायम गरेको हो । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । गत चैत ८ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

त्यसदिन सुनको मूल्य २६ सयले बढ्दै प्रतितोला छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय र तेजावी सुनको मूल्य १ लाख २७ हजार २ सय कायम भएको थियो ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँ पुगेको छ ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ५१० रुपैयाँ पुगेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.