काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । गत शुक्रबार प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेर अल टाइम हाईको उचाईमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि गत साउन २९ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य २१ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भईरहेको छ ।