काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ कायम थियो ।
सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७५ रुपैयाँ कायम भएको छ ।