काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा बहुमूल्य पहेलो धातु सुनको भाउमा ०.५१ प्रतिशत अर्थात २३.७७ डलरको बढोत्तर्री देखिएको छ ।
यो समाचार तयार पार्दासम्म सुनको भाउ प्रतिऔंस ४ हजार ६७६ डलरमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ । चाँदीको मूल्य ०.२८ प्रतिशत अर्थात ०.२० डलरले बढ्दै प्रतिऔंस ७२.९९ डलरमा कारोबार हुँदैछ ।

