काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनःबढेको छ । केही समयदेखि ओरालो लागिरहेको सुनको भाउ आज भने् बढेको हो ।
आजको कारोबारमा सुनको मूल्य १.९८ प्रतिशत अर्थात ९६ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ९८४ डलर कायम भएको छ ।
बढ्दो भू–राजनीतिक जोखिम र अमेरिकी केन्द्रीय बैंकले अबलम्बन गर्ने ब्याजदरको नीतिको सम्भावनाले सुनको भाउ बढेको विश्लेषकले बताएका छन् । ईरान र अमेरिकासँग सम्बन्धित वर्तमान भू–राजनीतिक तनावका कारण केही दबाब देखिएको छ ।
भू–राजनीतिक क्षेत्रमा, युक्रेन र रूसबीच जेनेभामा दुई दिनको शान्ति वार्ता बुधबार बिना कुनै प्रगति बिनै समाप्त भएको छ। ह्वाइट हाउसले ईरानसँगको वार्ताले सीमित प्रगति मात्र देखाएको जनाएको छ ।
जनवरी महिनाको फेड बैठकमा अधिकारीहरु ब्याजदर स्थिर राखिनुपर्ने तर भविष्यको दृष्टिकोणका विषयमा भने विभाजित बनेका छन् । केहीले महँगी उच्च रह्यो भने दर फेरि बढ्न सक्छ भन्ने चेतावनी दिएका छन् भने अन्यले आगामी कटौतीको आवश्यकता कहिले पर्ला भन्ने छलफल गरेका थिए।

