काठमाण्डौ । बिहिबार पनि घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २२ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि १६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भईरहदा त्यसको प्रभाव घरेलु बजारमा समेत परिरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको छ ।