मंगलवार, आश्विन १३,२०८३ 03:30:27
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 03:30:27
Bizshala
Global IME Bank Limited

मुद्रास्फीति बढ्ने चिन्तासँगै घट्यो सुनको भाउ

Bizshala
मुद्रास्फीति बढ्ने चिन्तासँगै घट्यो सुनको भाउ
New Office

काठमाण्डौ । तेलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीति बढ्ने चिन्ता बल्झिएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। यससँगै लगानीकर्ताले अमेरिकी फेडरल रिजर्भको आगामी ब्याजदर नीतिबारे थप संकेत प्राप्त गर्न यसै साता सार्वजनिक हुने महत्वपूर्ण आर्थिक तथ्यांकको प्रतीक्षा गरिरहेका छन्।

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.८१ प्रतिशत अर्थात ३५ डलरले घटेर प्रतिऔंस ४ हजार ३७७ डलरमा कारोबार भईरहेको छ । अमेरिकी केन्द्रीय बै.क फेडको ब्याजदरसम्बन्धी अपेक्षा र अमेरिकी डलरको कमजोरीबीच सुनको बजार सावधानीपूर्वक अघि बढिरहेको छ। तेलको मूल्य बढ्दा मुद्रास्फीतिको जोखिम र फेडले ब्याजदर बढाउन सक्ने अपेक्षा बलियो हुने भएकाले सुनमा दबाब परेको जनाइएको छ ।

यसैबीच, अमेरिकी सहयोगी मुलुक साउदी अरेबियाका उर्जा पूर्वाधार तथा सहरलाई लक्षित गरी इरानसमर्थित हुथी समूहले मंगलबार आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य केही सातायताकै उच्च तहमा पुगेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत शुक्रबार सार्वजनिक अमेरिकी रोजगारीसम्बन्धी तथ्यांकले अगस्टमा रोजगारी वृद्धि अपेक्षाभन्दा तीव्र भएको देखाएपछि सुनको मूल्य २.४ प्रतिशतसम्म घटेको थियो। सो अवधिमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहेको थियो, जसले अमेरिकी श्रम बजारमा सुधारको संकेत गरेको थियो।

यसपछि अमेरिकी केन्द्रीय बैंकले आगामी नीतिगत बैठकमा ब्याजदर बढाउने सम्भावनाबारे बजारको अपेक्षा बढेको छ। हाल बजार सहभागीले ब्याजदर वृद्धिको सम्भावना करिबुद्धको सुरक्षित लगानीका रूपमा हेरिने सुनमा ब्याजदर वृद्धिले भने दबाब पार्ने गर्छ।

सामान्यतया मुद्रास्फीतिविरुद्धको सुरक्षित लगानीका रूपमा हेरिने सुनमा ब्याजदर वृद्धिले भने दबाब पार्ने गर्छ। ब्याजदर बढ्दा प्रतिफल नदिने सुनको तुलनात्मक आकर्षण घट्ने भएकाले लगानीकर्ता अन्य ब्याज दिने सम्पत्तितर्फ आकर्षित हुन सक्छन्।

अमेरिकी डलर सूचकांक कमजोर बनेकाले डलरमा मूल्य निर्धारण हुने सुन विदेशी लगानीकर्ताका लागि तुलनात्मक रूपमा सस्तो भएको छ।

अब लगानीकर्ताको ध्यान बिहीबार सार्वजनिक हुने अमेरिकी उत्पादक मूल्य सूचकांक र शुक्रबार सार्वजनिक हुने उपभोक्ता मूल्य सूचकांकमा केन्द्रित भएको छ। यी तथ्यांकले फेडरल रिजर्भको आगामी मौद्रिक नीतिको दिशाबारे थप संकेत दिने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.