बुधबार, असार १७,२०८३ 06:42:27
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:42:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य ३ लाख मुनि आईपुग्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य ३ लाख मुनि आईपुग्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । सोमबार स्थानीय बजारमा सुनको मूल्य ३ लाख मुनि झरेको छ । आजको कारोबारमा ९ सय रुपैयाँले सस्तिएसँगै सुनको भाउ ३ लाख रुपैयाँ तल आईपुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

आइतबार पनि सुनको मूल्य घटेको थियो । उक्त दिन ८ हजार २ सय रुपैयाँले घट्दै सुनको भाउ प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ११५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो दिन चाँदीको भाउ भने बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९०५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटका कारण नेपाली बजारमा समेत सुनको भाउ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ०.३८ प्रतिशत अर्थात १६ डलरले घट्दै प्रतिऔंस ४ हजार ३१३ डलरमा कारोबार भईरहेको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.