सोमबार, कार्तिक २,२०८३ 03:11:12
  • सोमबार, कार्तिक २,२०८३ 03:11:12
Global IME Bank Limited

सुनको मूल्यमा उछाल, एकैदिन १४१ डलरले बढ्यो

Bizshala
सुनको मूल्यमा उछाल, एकैदिन १४१ डलरले बढ्यो
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ४.७६ प्रतिशत अर्थात १४१.७४ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १२२.३९ डलरमा कारोबार भईरहेको छ । यो वृद्धि सन् २०२३ अक्टोबरपछिकै उच्च हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसअघि गत अप्रिल ३ मा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको मूल्य प्रतिऔंस ३ हजार १६७.५७ डलर पुगेको थियो । सन् २०२५मा सुनको मूल्य ४ सय डलरभन्दा बढीले वृद्धि भईसकेको छ ।  

अमेरिका र चीनबीच बढ्दै गएको व्यापार युद्धका कारण सुनको मूल्यमा उछाल आएको हो । अमेरिकी राष्ट्रपतिले चीनमाथि ट्यारिफ थपेको थप्यै गरिरहेका छन् । जसको प्रतिउत्तरमा चीनले पनि अमेरिकामाथि ट्यारिफ घोषणा गरिरहेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

विश्वका यी दुई शक्ति राष्ट्रबीचको व्यापारीक सम्बन्धमा आएको तिक्तताले ठूलो रुप लिने भयका कारण लगानीकर्ता सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित भएका छन् ।  

यसैबीच ट्रम्पले चीनबाहेकका देशहरुका लागि ९० दिनसम्म ट्यारिफको योजना स्थगित गरेका छन् । ट्रम्पको ट्यारिफ नीतिका कारण यतिबेला विश्वकै आर्थिक मन्दीमा फस्ने भय प्रकट भएको छ ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको भाउ १.३७ डलरले उकालो लाग्दै प्रतिऔंस ३१.१८ डलर पुगेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.