बुधबार, श्रावण ६,२०८३ 03:43:11
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:43:11
Bizshala
Global IME Bank Limited

डलर कमजोर भएसँगै सुनको मूल्यमा भारी वृद्धि, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?

डलर कमजोर भएसँगै सुनको मूल्यमा भारी वृद्धि, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?
New Office

काठमाण्डौ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब २ प्रतिशतले वृद्धि भएको छ। अमेरिकी डलर कमजोर हुँदा र कच्चा तेलको मूल्य घट्दा मुद्रास्फीति तथा उच्च ब्याजदर लामो समय कायम रहने डर कम भएपछि सुनमा लगानीकर्ताको आकर्षण बढेको हो। साथै अमेरिका–इरानबीच शान्ति सम्झौताको सम्भावनाले बजारमा जोखिमको सम्भावना घटेको छ ।

आज सुनको मूल्य १.९० प्रतिशत अर्थात ८६.५५ डलरले बढ्दै प्रति औंस ४ हजार ६४४ डलर पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानसँगको व्यापक सम्झौतामा प्रगति भएको संकेत दिँदै स्ट्रेट अफ होर्मुजमार्फत जहाजहरूलाई सुरक्षित रूपमा मार्गदर्शन गर्ने अभियानलाई अस्थायी रूपमा रोक्ने बताएका छन्।

विश्लेषकहरुका अनुसार मध्यपूर्वमा तनाव कम भएको संकेतसँगै तेलको मूल्य घट्दा बजारबाट जोखिम प्रिमियम हटिरहेको छ, जसले सुनको मूल्यमा सकारात्मक प्रभाव पारेको हो।

डलर कमजोर हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन सस्तो पर्ने भएकाले माग बढ्ने गर्छ। अर्कोतर्फ, तेलको मूल्य उच्च हुँदा मुद्रास्फीति बढ्ने सम्भावना हुन्छ, जसले ब्याजदर उच्च रहने अपेक्षा बढाउँछ। तर ब्याजदर उच्च हुँदा ब्याज दिने सम्पत्तिहरू आकर्षक हुने भएकाले सुनको आकर्षण घट्न सक्छ।

अब लगानीकर्ताको ध्यान यसै साता आउने अमेरिकी रोजगारी तथ्याङ्क प्रतिवेदनमा हुनेछ । जसले अमेरिकी फेडरल रिजर्भको ब्याजदर नीतिको आगामी दिशा निर्धारण गर्न मद्दत गर्नेछ।

आज चाँदी ३.३२ प्रतिशतले बढ्दै प्रतिऔंस ७५.५२ डलर कायम भएको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.