काठमाण्डौ । आज स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १३ सय रुपैयाँले सस्तिएको छ।
यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ ७ सयले बढेको थियो ।
आज चाँदीको भाउ पनि ८५ रुपैयाँले घट्दै प्रतितोला ३ हजार १०० रुपैयाँ कायम भएको छ ।

