काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला १४ सय रुपैयाँले घटेको हो ।
यससँगै सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँमा सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य ६ सय रुपैयाँले बढेको थियो , उक्त दिन सुन प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।