काठमाण्डौ । बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन प्रतितोला ६ सयले बढेको सुनको मूल्य आज भने घटेको हो ।
आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम थियो ।
सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९३० रुपैयाँ कायम भएको छ ।