काठमाण्डौ । गत फागुन २ गते प्रतिऔंस २ हजार डलरभन्दा तल झरेको सुनको मूल्य त्यसपछि भने निरन्तर उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रि बजारमा सुनको मूल्य प्रतिऔंस ०.३४ प्रतिशत अर्थात ६.७६ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य २ हजार २०.२१ डलर पुगको छ ।
गत फागुन २ गते सुनको मूल्य २६.८६ डलरले घट्दै प्रतिऔंस १ हजार ९ सय ९२.०८ डलरमा झरेको थियो ।
आज चाँदीको मूल्य भने १.३४ प्रतिशत अर्थात ०.३१ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २३.१ डलरमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।