बुधबार, श्रावण ६,२०८३ 04:44:32
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:44:32
Bizshala
Global IME Bank Limited

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कतिमा झर्यो ?

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कतिमा झर्यो ?
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ। इरान र रुससँग सम्बन्धित भू–राजनीतिक तनाव कम भएको संकेत तथा अमेरिकी डलर मजबुत बनेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दबाबमा परेको हो।

साथै, लगानीकर्ताहरू यस साता सार्वजनिक हुने अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भको जनवरी बैठकको कार्यवृत्तको प्रतीक्षामा रहेका छन्।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.७५ प्रतिशत अर्थात ८८ डलरले घटेर प्रतिऔंस ४ हजार ९५३ डलरमा कारोबार भईरहेको छ। भू–राजनीतिक जोखिम उल्लेखनीय रूपमा विस्तार नभएको देखिएकाले सुनको मूल्य ठूलो दायरामा अघि बढ्न नसकेको विश्लेषकले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमसम्बन्धी अमेरिका–इरान वार्तामा आफू ‘अप्रत्यक्ष रूपमा’ संलग्न हुने बताएका छन्। जेनेभामा मंगलबार हुने उक्त वार्तामा इरान सम्झौताका लागि इच्छुक रहेको उनको भनाइ छ। साथै, युक्रेन र रुसका प्रतिनिधिहरू पनि अमेरिका–मध्यस्थतामा हुने शान्ति वार्ताका लागि जिनेभामा भेट्ने कार्यक्रम छ, जहाँ क्षेत्रीय मुद्दा प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ।

यसैबीच, अमेरिकी डलर सूचकांक ०.२ प्रतिशतले उकालो लागेपछि डलरमा मूल्य निर्धारण हुने सुन अन्य मुद्राधारकका लागि महँगो बनेको छ।

बजार विश्लेषकहरूका अनुसार, हाल लगानीकर्ताहरू फेडरल रिजर्भको जनवरी बैठकको कार्यवृत्तबाट मौद्रिक नीतिबारे थप संकेत खोजिरहेका छन्। सीएमईको फेडवाच उपकरणअनुसार पहिलो ब्याजदर कटौती जुन महिनामा हुन सक्ने अपेक्षा गरिएको छ। सामान्यतया ब्याजदर न्यून हुँदा प्रतिफल नदिने सम्पत्तिका रूपमा रहेको सुनमा लगानी आकर्षित हुने गर्दछ।

अन्य बहुमूल्य धातुहरूमा पनि आज गिरावट देखिएको छ। आज चाँदीको मूल्य २.४१ प्रतिशतले घटेर प्रतिऔंस ७५.५५ डलरमा झरेको छ। यस्तै प्लाटिनम १.३ प्रतिशतले घटेर २ हजार १४.०८ डलरमा र प्यालेडियम २.३ प्रतिशतले घटेर १ हजार ६८५.४८ डलरमा कारोबार भएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.