मंगलवार, असार १७,२०८२ 07:14:16
  • मंगलवार, असार १७,२०८२ 07:14:16
Global IME Bank Limited

सुनको मूल्यमा उछाल, एकैदिन १२० डलरले बढ्यो

Hyundai Nepal
सुनको मूल्यमा उछाल, एकैदिन १२० डलरले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । आजको कारोबारमा सुनको मूल्य ३.७२ प्रतिशत अर्थात १२०.५५ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३६२ डलरमा कारोबार भईरहेको छ । डलर कमजोर बनेसँगै र लगानीकर्ता अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भको मौद्रिक नीतिको प्रतिक्षामा रहेका बेला सुनको मूल्यमा उछाल आएको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

डलर इन्डेक्स ०.१ प्रतिशतले घटेको छ । जसका कारण डलरबाहेकका अन्य मुद्राधारकहरुलाई सुनको खरिद सस्तो पर्न गएको छ । अन्य मुद्रा भएकाहरुले सुनको खरिद बढाउदा माग बढेकाले मूल्य उकालो लागेको हो ।  

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी चलचित्रलाई शतप्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि विश्व व्यापारप्रति ट्रम्प नरम बन्ने छाटकाट नदेखिएको विश्लेषकहरुले बताएका छन् ।  

यो वर्ष थुप्रैपटक अल टाइम हाईको रेकर्ड बनाएको सुनको मूल्य २६ प्रतिशतले बढिसकेको छ ।  

आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य १.०४ डलरले बढ्दै प्रतिऔंस ३३.०५ डलरमा कारोबार भईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.