काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको मूल्य आज तोलामा ४ हजार २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज ६० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।